२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति कांग्रेस संसदीय दलको बैठकबाट अनुमोदन

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता र प्रतिपक्षी दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको छ।

मंगलबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सहमतिलाई अनुमोदन गरेको हो।

यो सँगै कांग्रेसले संसद्मा जारी अवरोध हट्ने निश्चित भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले कार्यदलको बैठक बसेर टीओआरलाई अन्तिम रूप दिनेछ।

‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ। आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत हुन्छ,’ उनले भने, हामी समितिमा बस्नेको नाम तीन बजेसम्ममा दिइसक्छौँ।’

Untitled
Untitled
Untitled