२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज हुँदैं, प्रधानमन्त्री दाहाल र भौतिक पूर्वाधार मन्त्री सहभागी हुने

Untitled
Untitled
Untitled

काठमाडौं, नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्च अधिकारीसमेतको उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ छेडिने कार्यक्रम तय भएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रधानमन्त्री दाहाल सुरुङ ब्रेक थ्रु​ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ ।

आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ ।

सोमबारदेखि मुख्य सुरुङ वारपार हुने भएपनि त्यहाँ सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायत काम भने अझै बाँकी छन् ।

जसकारण सवारी साधन नै सञ्चालन हुने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने आयोजनाले जनाएको छ ।

सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।

आयोजनामा तीनवटा अण्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाइओभर रहेका छन् ।

आयोजनाले हाल बलम्बुमा फ्लाइओभर निर्माण गरिरहेको छ ।

Untitled
Untitled
Untitled