काठमाडौं, आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा/आराधना गरी देशभर मनाइँदै छ ।
पशुपतिनाथमा बिहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् ।


शिवरात्रिमा भारतबाट समेत साधु सन्त र तीर्थयात्री आइपुगेका छन् । यस वर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
















































