२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद

Untitled
Untitled
Untitled

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट आएकी एक यात्रुबाट सुन बरामद भएको छ ।

शनिबार राति दुबईबाट आएकी श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको हो ।

श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उनी फ्लाई दुबईबाट राति १२ः५ बजे एयरपोर्ट झरेकी थिइन् । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

Untitled
Untitled
Untitled