२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भागबन्डा मिल्यो, कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने

Untitled
Untitled
Untitled

काठमाडौं, आसन्न राष्ट्रियसभा निर्वाचनमा एकीकृत समाजवादीले दुई सीटमै चित्त बुझाएपछि सत्तागठबन्धनमा भागबन्डा मिलेको हो ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

सहमतिअनुसार १९ सिटमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र  जसपाले १ सिट पाउने छन् ।

शनिबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले ११, माओवादीले ६, एस र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले एक–एक सिट दाबी गरेका थिए ।

चार दलले धेरै सिट दाबी गरेको भन्दै जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा बैठकबाट बाहिरिएका थिए ।

Untitled
Untitled
Untitled