२०८३ असार ८ सोमवार | Monday, Jun 22 2026

नेपालको भ्रष्टाचार देखेर विदेशीसमेत अचम्म मान्न थाले : डा. कोइराला

Untitled
Untitled
Untitled

मोरङ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचारबारे थाहा पाएर विदेशीसमेत अचम्मित हुन थालेको बताएका छन्।

नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले यसो भनेका हुन्।

‘आजभोलि हरेक विदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन्। के जवाफ दिनेरु’, उनले भने।

डा. कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शिर झुकाएर हिँड्नु पर्ने अवस्था आएको बताएका छन्।

भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउने प्रतिबद्धतासमेत डा. कोइरालाले जनाए।

भ्रष्टाचारको अन्त्य नभएसम्म जति भाषण गरे पनि देश विकास नहुने डा. कोइरालाको तर्क थियो।

‘अहिलेसम्मको कांग्रेस कसरी चल्यो ?  म त्यता जान्न तर अब कांग्रेसले कुनै भ्रष्टाचारलाई प्रश्रय दिने छैन’, उनले भने।

 

Untitled
Untitled
Untitled