२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

निगमले घटायो पेट्रोल, मट्टितेल र डिजेलको मूल्य

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको छ।

घटाइएको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निमगले जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँमा किन्न सकिने छ।

Untitled
Untitled
Untitled