२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राहत वितरणमा अलमल हुँदा भूकम्पपीडित झन् पीडामा

Untitled
Untitled
Untitled

सुर्खेत, भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा राहत वितरणमा ढिलाइ हुँदा नागरिकको दैनिकी कष्टकर बन्न थालेको छ ।

राहत वितरणमा ढिलाइ हुँदा आफन्तसँगै घरबास गुमाएकाहरु खुला आकाशमुनि भोकभोकै बस्न बाध्य भएका छन् ।

सरकारले एकद्वार प्रणाली अपनाउने भन्दै अहिलेसम्म यहाँ कसैलाई राहत वितरण गर्न दिएको छैन ।

भूकम्प पीडितका लागि सरकारी तथा गैरसरकारी संस्थाले दिएको राहत वितरण गर्नका लागि पीडितको रेकर्ड नहुँदा समस्या भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरे पनि पीडित परिवारको तथ्यांक संकलन नहुँदा अलमल भएको भेरी नगरपालिका–५ का मनबहादुर रावतले बताए ।

संकलित राहत सामग्री सम्बन्धित पालिकामार्फत बुझाउने काम भैरहेको र आइतबार बेलुकासम्म राहत वितरण हुने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

Untitled
Untitled
Untitled