काठमाडौ, सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकसँग सरकारले वार्ता सुरु गरेको छ ।
बिहीबार बिहान सिंहदरबारमा शिक्षकले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरेका हुन् । यद्यपि गृहमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएको छ ।
वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेको उनले बताए । उनले आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताए ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

































