२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

मनसुन सक्रिय, गएराति देशका सबैजसो ठाउँमा ठूलो वर्षा , दिउँसो पूर्ण बदली रही देशभर पानी पर्ने

Untitled
Untitled
Untitled

काठमाडौं , मनसुन सक्रिय भएका कारण गएराति देशका सबैजसो ठाउँमा ठूलो वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वदेखि पश्चिमसम्म र हिमालीदेखि तराईका जिल्ला सबैतिर गएराति पानी परेको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङको खुदीबजारमा १ सय २३ मिलिमिटर र सिन्धुलीको मरिणमा १ सय २० मिलिमिटर वर्षा भएको छ ।

यस्तै, नेपालगञ्ज विमानस्थलमा ७० मिलिमिटर वर्षा भएको छ भने बाँकेकै कुशुममा ५०, गोरखाको बारपाकमा ७३ र दाङको शुक्रबारेमा ४३ मिलिमिटर वर्षा मापन भएको छ ।

कस्तो हुनेछ आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

यसका साथै भारतको उत्तर पूर्वी उत्तर(प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक(/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा अति भारी बर्षाकोसमेत सम्भावना रहेको छ ।

Untitled
Untitled
Untitled