काठमाडौं, सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि कानूूनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारी गरेको छ ।
उनले उक्त विधेयकको विषय आज ९मङ्गलबार० बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत हुने बताए ।
उनले भने , “पीडितसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।
वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर दंगाल रहेका छन् ।
प्रेस संयोजक शर्माले उक्त वार्ता टोलीले मिटरब्याज पीडितसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउने कार्यादेश दिइएको बताए ।
प्रधानमन्त्री दाहालले गृहसचिव र सचिवालयका पदाधिकारलाई पीडितसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएको उनको भनाइ छ ।
वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्री दाहालले आज नै पीडितसँग भेट एवम् छलफल गर्ने कार्यक्रम तय भएको शर्माले बताए ।