काठमाडौं, पशुपतिमा अन्त्येष्टिका लागि लगिएको एक १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
तारकेश्वर नगरपालिका–३ चिसापानीबाट ‘पानीमा डुबेर मरेको’ भन्दै बच्चाको शव अन्त्येष्टिका लागि पशुपतिमा ल्याइएको थियो ।
तर, शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।