२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

साइबर ठगी तीव्र, सीआइबीले सर्वसाधारणलाई सचेत गरायो

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनलाइन माध्यमबाट हुने बैंकिङ ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

ब्यूरोका अनुसार कनेक्ट आइपिएसजस्तै देखिने नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट भ्रामक सन्देश पठाउने र प्रयोगकर्तालाई झुक्याउने प्रवृत्ति विस्तार हुँदै गएको छ ।

यसरी पठाइने सन्देशमा ‘फिसिङ लिंक’ समावेश हुने र त्यही लिंकमार्फत प्रयोगकर्ताको व्यक्तिगत विवरण लिई बैंक खातामा अनधिकृत पहुँच प्राप्त गरेर रकम चोरी गर्ने गतिविधि तीव्र भएको जनाएको छ ।

प्रवक्ता दिलीपकुमार गिरीले यस्ता शंकास्पद लिंक नखोल्न, अपरिचित स्रोतबाट आएका सन्देशलाई बेवास्ता गर्न र आफ्नो संवेदनशील जानकारी कसैसँग साझेदारी नगर्न सर्वसाधारणलाई सचेत गराएका छन् ।

Untitled
Untitled
Untitled