२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक परेको छ ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।

आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

Untitled
Untitled
Untitled