एजेन्सी, इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले ‘स्ट्रेट अफ होर्मुज’लाई निशाना बनाउन जारी राख्ने बताएका छन्।
इरानको सर्वोच्च नेता चयन भएपछि पहिलो सन्देश जारी गर्दै उनले ‘स्ट्रेट अफ होर्मुज’ बन्द गर्ने विकल्पको प्रयोग जारी राख्नुपर्ने बताएका हुन्।
उनको पहिलो सन्देश बिहीबार इरानको सरकारी टेलिभिजनमा पढेर सुनाइएको थियो।
बिबिसीका अनुसार छिमेकी देशहरूसँग इरानको नीति ‘मित्रता’ को रहेको उल्लेख गर्दै उनले ती देशहरूलाई आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डाहरू बन्द गर्न पनि सल्लाह दिएका छन्।
ती अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण जारी रहने उनले स्पष्ट पारेका छन्।
यसका साथै उनले इरानले आफ्ना मारिएका नागरिकहरूको ‘बदला लिन’ पछि नहट्ने पनि चेतावनी दिएका छन्।


































