तुम्बेवा, पाँचथर जिल्लाको १ वटा नगरपालिका ७ वटा गाउँ पालिकाहरु मध्ये सुदूर दक्षिण क्षेत्रमा तुम्बेवा गाउँपालिका रहेको छ ।

जिल्ला सदरमुकाम बाट ७२ किलोमिटर टाढा रहेको छ, यो गाउँपालिका साबिक ४ वटा गा. वि.स. आङ्गना, मौवा, वलने, हाङ्गगुम गा. वि.स.का ३६ वटा वडा मिलाएर ५ वटा वडाको तुम्बेवा गाउँपालिकाको निर्माण भएको छ ।
यो गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको छ । यस गाउँपालिकालाई तमोर करिडोर मोटरबाटोले छोएको छ ।
हाल सम्म यो गाउँ पालिकामा बिजुली बत्ति २०७६/०२/२५ गते उत्घाटन भै विस्तारको क्रममा रहेको छ । एउटा प्राइम कमर्सियल बैंकको शाखा स्थापना भै सेवा सुचारु भएको छ ।

तुम्बेवा, पाँचथर जिल्लाको १ वटा नगरपालिका ७ वटा गाउँ पालिकाहरु मध्ये सुदूर दक्षिण क्षेत्रमा तुम्बेवा गाउँपालिका रहेको छ ।
जिल्ला सदरमुकाम बाट ७२ किलोमिटर टाढा रहेको छ ,यो गाउँपालिका साबिक ४ वटा गा. वि.स. आङ्गना, मौवा, वलने, हाङ्गगुम गा. वि.स.का ३६ वटा वडा मिलाएर ५ वटा वडाको तुम्बेवा गाउँपालिकाको निर्माण भएको छ ।

यो गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको छ । यस गाउँपालिकालाई तमोर करिडोर मोटरबाटोले छोएको छ ।
हाल सम्म यो गाउँ पालिकामा बिजुली बत्ति २०७६/०२/२५ गते उत्घाटन भै विस्तारको क्रममा रहेको छ ।
एउटा प्राइम कमर्सियल बैंकको शाखा स्थापना भै सेवा सुचारु भएको छ ।

११७.३४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिका भूगोल र जनसंख्याको आधारमा पाँचथर जिल्लाको स्थानीयतह मध्ये सबैभन्दा सानो र थोरै जनसंख्या रहेको गाउँपालिका हो ।

यस गाउँपालिका भित्र कुल ११,१८९ जनसंख्या क्षत्री, ब्रामण,लिम्बू, राई, तामाङ, नेवार, मगर, सुनार, देवान, दलित आदि जातजातीको बसोबास रहेको छ ।
यो गाउँपालिका समुन्द्र सतहदेखि ३०० मिटर देखि १९८१ मिटर सम्मको उचाईसम्म रहेको छ।

यस गाउँपालिकामा मुख्य अन्नबाली मकै, कोदो,धान, दालहन, नगदेबालीमा बदाम, कपास, अलैची, अदुवा, अम्लिसो, चिराइतो, अर्गेली आदि ।
पशुपालनमा गाई, बाख्रा, बंगुर पालन रहेको छ । तर, व्यवसायीक पशुपालन हुन सकेको छैन । साथै यो गाउँपालिका सुख्खा खडेरी ग्रस्त छेत्र पर्दछ ।