२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

लिच्छवीहरुले राज्यसत्ता लिएपछि उपत्यकाबाट पूर्वतिर लागेको प्राचिन इतिहास भएको पाँचथरको याङबरक

Untitled
Untitled
Untitled

थर्पु, सङ्‌घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार पाँचथर जिल्ला कोशी प्रदेशमा अवस्थित छ ।

विगतको प्रशासनिक विभाजन अनुसार मेची, कोशी र सगरमाथा अञ्चल अन्तर्गतका १४ जिल्ला रहेको यो प्रदेशको पाँचथर जिल्ला मेची अन्चलमा पर्ने पहाडी जिल्ला हो ।

राज्य पुर्न संरचना अनुसार पाँचथर जिल्लामा ८ वटा स्थानीय तह निमार्ण गरिए अनुसार १ नगरपालिका र ७ गाउँपालिका रहेका छन ।

याङवरक गाउँपालिका पाँचथर जिल्लाको सुदुर पूर्वी–उत्तर क्षेत्रमा रहेको गाउँपालिका हो ।

साविक पाँचवटा गा।वि।स।हरु (च्याङथापु, फलैचा, ओयाम, थर्पु र नागी) लाई मिलाएर यस गाउँपालिकाको निर्माण भएको हो ।

जसको सिमाना छिमेकी मुलुक भारतमा समेत जोडिन पुग्दछ ।

यस गाउँपालिकाको भौगोलिक अवस्थिति समुन्द्र सतहबाट ६०९ मिटर उचाईको याङवरक ४ खाल्डे नागीदेखि ४५७५ मिटर उचाईको याङवरक २ फलैचाको चुचुरो सम्म फैलिएको छ ।

चीन–तिब्बतबाट आसाम हुदै ई.पू.१५०० तिर नेपाल छिरेका किराँतहरुले महिसपालहरुलाई विस्थापित गरी लामो समयसम्म उपत्यकामा शासन गरेका थिए ।

वि.स.१६२ मा लिच्छवीहरुले राज्यसत्ता लिए पछि उनीहरु उपत्यकाबाट पूर्वतिर लागेको प्राचिन इतिहासमा उल्लेख छ ।

पूर्वका मकवानपुर, चौदण्डी र विजयपुर जस्ता राज्यहरुमा छरिदै तत्कालिन समयमा सुनकोशी नदिदेखि लिखुसम्मको भू–भागलाई वल्लो किरात, लिखुदेखि अरुणसम्मको भू–भागलाई माँझ किरात, अरुणदेखि टिष्टा नदिसम्मको भू–भागलाई पल्लो किराँत भनेर चिनिन्थ्यो ।

उपर्युक्त क्षेत्रहरु खम्बुवान र लिम्बुवानको नामले प्रसिद्ध थिए ।

बर्तमान नेपालको मानचित्र अनुसार रामेछाप, उदयपुर, खोटाङ, भोजपुर र ओखलढुङगा जिल्लाहरु खम्बुवान अन्तर्गत पर्दथे भने ताप्लेजुङ, तेह्रथूम, संखुवासभा, पाँचथर, धनकुटा र ईलाम लिम्बुवान अन्तर्गत पर्दथे ।

किरातहरु चौदण्डीलाई किरात राज्य मान्दथे भने लिम्बूहरु विजयपुर राज्यलाई केन्द्र मानेर आ(आफ्नो क्षेत्रमा स्वायत्त शासन चलाउथे । (

अङग्रेज साम्राज्यको विगविगीदेखि बाच्नका लागि पृथ्वी नारायण शाहले कर्णाली क्षेत्रका २२, गण्डकी क्षेत्रका २४, उपत्यकाका ३ र पूर्वका मकवानपुर, चौदण्डी र विजयपुर राज्यहरुमा एकिकरण अभियान संचालन गरे ।

ई.सं. १७७४ जुलाई १७ तदअनुरुप वि.सं. १८३१ मा विजयपुर नेपालमा गाभिँदा विजयपुरका तात्कालीन राजा कर्णसेन र मन्त्रि बुद्धिकर्ण राई भागेर सिक्किम पुगेका थिए ।

अभिमानसिंह बस्नेतले निजहरुलाई सुपुर्दगी गर्न सिक्किमका राजासंग माग गर्दा सिक्किमले उनीहरु शरण लिन आएकोले फिर्ता गर्नुको सट्टा अघि विजयपुरबाट जितेर लिएको ईलाम लानु भनि नेपाललाई दिए ।

सायद पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, टोपी  र पाठ को फोटो हुनसक्छ

सायद पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद भायोलिन को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू को फोटो हुनसक्छ

सायद कपडा आइरन को फोटो हुनसक्छ

फोटो विवरण उपलब्ध छैन।

सायद एक वा बढी मानिसहरू, मञ्च  र पाठ को फोटो हुनसक्छ

Untitled
Untitled
Untitled