२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुकुटे रिसोर्टले व्यक्तिको जग्गा हडपेको विषयमा चासो राखेपछि सिन्धुपाल्चोकका सीडीओ किरण थापाको सरुवा

Untitled
Untitled
Untitled

सुकुटे, सुकुटे रिसोर्टले व्यक्तिको जग्गा पनि हडपेको भन्दै हारगुहार गरिएपछि रिसोर्टको कर्तुत सञ्चारमाध्यममा आएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाको सरुवा भएको छ ।

अख्तियारले अनियमितता गरेको आरोप लागेका सिन्धुकै प्रतिनिधिसभाका सांसद मोहनबहाहदुर बस्नेतलाई एक कार्यक्रममा रातो कार्पेट विच्छयाएर स्वागत गरेकोमा आलाचित भएपनि प्रजिअ थापाको सरुवाको बिषय भने रिसोर्टले हडपेको जग्गा नै रहेको बताइएको छ ।

ब्यक्तिकै जग्गाको आडमा रिसोर्ट सञ्चालकले सार्वजनिक जग्गामा संरचना निर्माण गरेको विषयलाई नजिकबाट नियाली रहेका प्रजिअ थापाको सरुवा भएको बताइएको छ ।

असोजमा अवकाश हुँदै गरेका प्रमुख जिल्ला अधिकारी थापाले सुकुटे रिसोर्टले हडपेको जग्गा फिर्ता गर्नुपर्ने विषयमा चासो राखेका थिए ।

यो विषयमा प्रमुख जिल्ला अधिकारी किरण थापालाई जबर्जस्ती सरुवा गर्नुले पनि शङ्का पैदा गरेको छ ।

माओवादीको संरक्षणमा रहेका रिसोर्ट सञ्चालक महेन्द्र थापाले यस क्षेत्रमा सांसद माधव सापकोटा प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीविरुद्ध बिभिन्न आरोप लगाएका थिए ।

यस अघि पनि माओवादी समर्थक भुपेन्द्र थापा प्रमुख जिल्ला अधिकारी हुँदा पीडितहरूलाई दुःख पुग्ने व्यवहार गरेको भनाई छ ।

भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको बचाउमा लागेका सांसद सापकोटाले त्यसैको पैँचो प्रमुख जिल्ला अधिकारी थापालाई सरुवा गराउनु पर्ने शर्त राखेको गृहमन्त्रालयका एक अधिकारीले बताए ।

विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल रिल्याक्स गर्न जाने अड्डा र पूर्वसभामुख अग्नी सापकोटासितको नजिकको सम्बन्धले सुकुटे रिसोर्टले सार्वजनिक जमिनमा रिसोर्टका संरचना निर्माण गरेको आरोप पहिले नै थियो ।

रिसोर्टले जबर्जस्ती जग्गा प्रयोग गर्दै आइरहेको भन्दै पीडित परिवारले खाली गरिदिन माग गर्दै आएको बताएका थिए ।

पीडितले बारम्बार ताकेता गर्दासमेत कुनै सुनुवाइ नहुँदा पुनः ०७८ सालमा वडा कार्यालय, जिल्ला प्रशासन, नगरपालिका र यस क्षेत्रमा क्रियाशील पर्यटन गतिविधिमा संलग्न संस्था सिन्धु पर्यटन व्यवसायी संघमासमेत निवेदन दिइएको थियो ।

०५४ सालदेखि सुकुटेबीच रिसोर्टले प्रवीण श्रेष्ठ र उनका बुबाको नाममा रहेको जग्गा प्रयोग गरेको पीडितको आरोप छ ।

शुरुमा सो रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले मौखिक सहमतिमा २० हजार रुपैयाँ दिएर केही वर्षका लागि सो जग्गा भाडामा लिएका थिए ।

जग्गा बिस्तारै आफ्नो जस्तै ठानेर रिसोर्टले प्रयोग गरिरहेको सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताए ।

‘जग्गा खाली गराउने विषयमा चौतारा नगरपालिकाको न्यायिक समितिमा पनि पीडितहरु पुगेका थिए ।

तर, माओवादी नेता कृष्णप्रसाद सापकोटा प्रमुख रहेको नगरपालिकाले यस बिषयलाई चासो नराख्नु पनि शंकाको बिषय भएको पीडितहरुको भनाइ छ ।

रिसोर्टले केहिदिन अघि झण्डै दर्जन पत्रकार लगेर आवासीय सुविधा सहितको सत्कार गरेको थियो ।

 

Untitled
Untitled
Untitled