२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमाले सचिवालयबाट उमेरहद र दुई वर्षको कार्यकाल हटाउने प्रस्ताव अनुमोदन

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने प्रस्ताव अनुमोदन गरेको हो ।

‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ’, बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

Untitled
Untitled
Untitled