२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा तीन पटक परिक्रमा

Untitled
Untitled
Untitled

काठमाण्डू, उपत्यकाको सबैभन्दा लामो जात्राको रूपमा रहेको प्रख्यात रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलमा तीन पटक परिक्रमा गराइएको छ ।

लगनखेल बसपार्कमा बुधबार रहेको रथ भक्तजनहरूले रथलाई तानेर तीन पटक परिक्रमा गराएका थिए । यो रुखलाई मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिन्छ ।

मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप भक्तजनले रथ तानेर तीन पटक परिक्रमा गराएका हुन् ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न गत १८ गतेबाट सुरु गरिएको थियो ।

आज शुक्रबार भने रथको माथिबाट नरियल फाल्ने परम्परा छ । सोही अवसरमा ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा पनि दिएको छ ।

Untitled
Untitled
Untitled