२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भोलिदेखि तीन दिन वर्षाको सम्भावना, बाली काट्न सतर्क हुन मौसमविदको अनुरोध

Untitled
Untitled
Untitled

काठमाण्डू, भोलिदेखि देशका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार एक/दुई दिन हल्कादेखि मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबारदेखि देशका अधिकांश स्थानहरूमा पानी पर्ने सम्भावना छ ।

‘अबको तीन दिन देशभर विभिन्न ठाउँमा वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘अहिले गहुँ, मुसुरो जस्ता बाली काट्ने समय भएकाले कृषकहरूले मौसम जानकारी लिएर मात्र बाली भित्र्याउनुपर्छ ।’

कोशी प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले त्यहाँ विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको जानकारी छ ।

महाशाखाले बेमौसमी वर्षाले कृषि उत्पादनमा असर पर्न सक्ने भन्दै किसान, यातायात सेवा र जनसाधारणलाई आवश्यक सावधानी अपनाउन अपिल गरेको छ ।

Untitled
Untitled
Untitled