२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जनता दुब्लाएका, नेता मोटाएका छन्

Untitled
Untitled
Untitled

जीवन संघर्ष हो । बाँचेदेखि मृत्यु सम्म, शरिरमा सास रहिन्जल मानिसको सम्वन्ध एक किसिमको कार्यसँग प्रेरित रहन्छ । संघर्षको गाथा मानव जीवनमा यति धेरै प्रकार्यता नहुँदो हो त जीवनको के अर्थ भन्छन, भौतीकवादीहरु । के मानिसको संघर्ष जीउनाको निम्ती नै हो भने जीवन पर्यन्त मानिस के गर्ला स्वभाविक प्रश्न उठ्छ । तर मानिस खान्छ, जीउँछ अरु प्राणी जस्तै । शरिर नाश्वर हो आत्मा पवित्र र मानव जीवन चैं सघर्ष हो ।

मानिसको चेतना तव मात्र शुरु भएको मानिन्छ तब मानिस आफ्नो शरिर र भौतीक वस्तुहरु माथिको पदार्थको तात्विक भिन्नता लाई चिन्दछ । समाजवाद एक आख्यान हो । एउटा दर्शन जसमा विभिन्न भौतिक दर्शनवादीहरु अगष्ट कम्टे, हिगल, वेवर, दुर्खिम र कार्ल माक्र्स आदीले प्रतिपादन गरे । संघर्ष भन्नाले समाजवादको स्वरुप होइन । तर वैज्ञानिक समाजवादको चरणको रुपमा वस्तुवादी संघर्षलाई लिइन्छ ।

दर्शन चिन्तन र मननको एक प्रेरणालाई मानव श्रोतको अभिभाराको रुपमा लिन वस्तुवादी चिन्तन नै प्यारो हुन्छ जतिखेर संज्ञानात्मक ज्ञान वेग र प्रवेग मानिसमा आर्जित हुन्छ । कार्ल माक्र्स भन्छन् मानिसमा चेतनाको आवर्तनको लागि उसले खान्छ, पिउँछ, वस्छ र लुगा पनि लाउँछ तर के उ राजनीति, विज्ञान, कला र धर्मसँग सागर्भित छ ट ! यि सवैमा निपूर्णता हुँदै राष्ट्रबाट अर्थिक लाभ हासिल भएमा मानिसको औचित्य जायज हुने थियो ।

भौतिकवादी समाजमा स्वतन्त्रता कसरी सम्भव छ , दासता छ की छैन ? मानिसको एक्लोपनाको कारण श्रम हो । मानिस कारखानामा काम गर्न थाल्दछन् । उनीहरुमा एक्लोपन छाउँछ । कच्चा पदार्थलाइ खान योग्य वनाउँदैमा ध्याउन्न रहँदैन । कालिगढको जीवन एक्लो रहन्छ विराधी । रुम पैसाको मूल्य चुकाउने थलो हो । त्यहाँ जीवन त हुन्छ तर कामको महत्वको रुपमा । मानिसले उन्नती खोज्छ । सम्पूर्णता खोज्छ । राजनीतिक स्वतन्त्रता । तर उ धरातलमा आउँछ उ विपरीत हुन्छ र मुर्ख भएको पाउँछ । इतिहास वर्ग संघर्ष हो । वस्तु प्रकारताको आधार हो । राजनीतिक संघर्ष नै हावी माक्र्सवादी चिन्तनमा देखिन्छ ।

अहिलेको राजनीति पनि संघर्ष रहित राजनीति भन्न नसुहाँउदो छ । यो पनि समाजवाद उन्मुख राजनीति त भनिन्छ । तर यसको बढ्दो भ्रष्टिकरण र राजनीतिक अराजकताले परवेश तरल गराउने हो कि । राजनीतिक आदर्श, मूल्य, मान्यतालाई संवैधानिक अंश मान्दै चुनाव मार्फत जनतालाई निष्ठा मानी भोट मागेर राजनीतिक दलहरुले चुनाव जिते ।

तर गाउँपालिका, प्रदेश र केन्द्र तहमा सापेक्ष रुपमा भत्ता पचाउने बाहेक प्रामाणिक सन्तुष्टि जनताको मतको कदर हुन सकेन । राजनीतिक टकराव, किचलो, खिचातानी, खिसी टिउरी, भ्रष्टाचारले देशलाई आकुल व्याकुल पा¥यो । लाखौं युवा विदेशीए, राष्ट्रको ढुकुटी वैदेशीक रेमिट्यान्सले धानेको छ । उच्च शिक्षामा कटु राजनीतिक हस्तक्षेप छ । जता सुकै कटाछ राजनीति मागि खाने भाँडो भएको छ । जनता दुब्लाएका छन् भने नेता मोटाएका छन् ।

Untitled
Untitled
Untitled