ओहायो सम्वाददाता: अमेरिकाको ओहायोमा नेपाली महामहिम राजदूत लोक दर्शन रेग्मीसंग ओहायोमा रहेका विभिन्न संघ संस्थाहरुको सक्रियतामा भेटघाट, स्वागत तथा सम्वाद कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए ओहायोका अध्यक्ष होता राम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत लोक दर्शन रेग्मी रहनुभएको थियो ।
त्यस्तै गरि विशेष अतिथि तथा अतिथिहरुमा श्री शरदराज आरण नियोग उपप्रमुख DCM, डा. दामोदर पौडेल नेपाल सरकारका लागि महाबाणिज्य दूत ओहायो, साथै महाविर पुन कार्यरत राष्ट्रिय आविष्कार केन्द्रका लागि अमेरिका प्रेसिडेन्ट, डा. सञ्जु महतो सल्लाहकार NRNA NCC USA, श्री छबि पाण्डे अध्यक्ष ONF राष्ट्रिय समिति अमेरिका, श्री तौलेश्वर चौधरी अध्यक्ष ANTA, काशी अधिकारी अध्यक्ष ग्लोवल पिपुल एलाईन्स, श्री आनन्द तिवारी अध्यक्ष CONA, श्री विजय थापा अध्यक्ष ONF Ohio, विज्ञान भट्टराई अध्यक्ष Everest Club America, सरिता लामिछाने नेपाली कलाकार, रिद्धि खड्का पूर्व सचिव NRNA NCC Ohio Chapter, मृदुला गुप्ता पूर्व अध्यक्ष ANTA, प्रदिप बास्तोला सचिव ग्लोवल पिपुल एलाईन्स, त्यस्तै NRNA Ohio Chapter कार्यसमिति उपाध्यक्ष श्री भिषण अधिकारी, महिला उपाध्यक्ष विनिता आचार्य, सचिव श्री लोकेन्द्र देवकोटा, कोषाध्यक्ष श्री डिल्ली राम केरुङ, युवा संयोजक श्री विजय बुढा, महिला संयोजक शारादा धिताल, सदस्यहरु हरिहर दाहाल, रेवती कँडेल, सागर चम्लागाई, मनोज कुमार बुढा, सुरेश पोख्रेल, शान्तिराम अधिकारी, दीपक भट्टराई, धनञ्जय भट्टराई लगायत रहनुभएको थियो ।
नेपाली र अमेरिकी दुवै देशको राष्ट्रियगानबाट शुरु भएको कार्यक्रमको महामहिम राजदूतले पानसमा प्रज्ज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । अतिथिहरुले विभिन्न बिषयमा आफ्ना धारणाहरु राख्नु भएको थियो । साथै नवनियुक्त राजदूतलाई स्वागत तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।
उक्त कार्यक्रममा अमेरिकामा भएका विभिन्न समस्या तथा नेपालीका विषयमा महामहिम राजदूत र शरदराज आरण नियोग उप प्रमुखज्यूसँग खुला संवाद हुनको साथै अब हुन गइरहेको घुम्ति शिविर July 28/29 को वारेमा छलफल समेत भएको थियो । सांस्कृतिक कार्यक्रमका साथै रात्रि भोजन समेत रहेको कार्यक्रम एनआरएनए ओहायोको आयोजना तथा A1 Grocery & Rugs , Laxmi Jewellers, Everest multi tech , Ujeli sushi , Kalash event center & Himalayan daycare center लगायत संघसंस्थाको सक्रियतामा सम्पन्न भएको थियो ।


































