२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

उपचुनावमा मोदीलाई धक्का, १३ मध्ये १० सिटमा भारत गठबन्धन विजयी

Untitled
Untitled
Untitled

एजेन्सी, भारतको सात राज्यमा १३ विधानसभा सिटका लागि जुलाई १० मा भएको उपचुनावको नतिजा आएको छ ।

जसमा भारत गठबन्धनले १० सिट जितेको छ भने भाजपा नेतृत्वको एनडीएले मात्र दुई सिट जितेको छ । एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

भारतीय गठबन्धनमा कांग्रेसले चार सिटमा जितको झण्डा फहराएको छ भने तृणमूल कांग्रेसले चार सिट, डीएमके र आम आदमी पार्टीले एक(एक सिट जितेको छ ।

उपचुनावमा हिमाचल प्रदेशको देहरा सिटबाट प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुकी पत्नी कांग्रेस उम्मेदवार कमलेश ठाकुर विजयी भएकी छन् ।

हिमाचलको नालागढ विधानसभा सीटबाट कांग्रेसका हरदीप सिंह बावा विजयी भएका छन् ।

सन् २०२२ मा भएको विधानसभा चुनावमा हिमाचलका यी तीन सिटमा स्वतन्त्र उम्मेदवारले जीत हासिल गरेका थिए । उनले राजीनामा दिएपछि यी सिट खाली भएका हुन् ।

पश्चिम बंगालका चारै सिट तृणमूल कांग्रेसले जितेको छ भने बिहारको रुपौली सिट स्वतन्त्र उम्मेदवार शंकर सिंहको हातमा पुगेको छ ।

तमिलनाडुको विक्रवन्दी सिटमा डीएमकेका अन्नियुर सिवा १ लाख २४ हजार मतले विजयी भएका छन् ।

उत्तराखण्डको मङ्गलोर सिटबाट बसपा विधायक सरवत करीम अन्सारीको निधन भएपछि यो सिट खाली भएको थियो ।

बद्रीनाथ सिटका कांग्रेस विधायक राजेन्द्र भण्डारी भाजपामा प्रवेश गरेपछि यो सिट खाली भएको थियो ।

निर्वाचन आयोगका अनुसार बद्रीनाथबाट कांग्रेसका लखपत सिंह बुटोला विजयी भएका छन् । दोस्रो स्थानमा भाजपाका राजेन्द्रसिंह भण्डारी रहेका छन् ।

पञ्जाबको जलन्धर पश्चिम सीटमा आम आदमी पार्टीका मोहिन्दर भगतले भाजपाकी शीतल अंगुराललाई ३७ हजारभन्दा बढी मतले पराजित गरेका छन् ।

 

Untitled
Untitled
Untitled