२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतमा कुखुराको मासुभन्दा टमाटर महँगो, किलोकै २५० पुग्यो

Untitled
Untitled
Untitled

एजेन्सी, भारतमा टमाटरको मूल्य अचाक्ली बढेको छ।

भारतीय बजारमा अहिले प्रतिकिलो टमाटरको खुद्रा मूल्य भारु साढे २०० भन्दा माथि पुगेको छ। तर, कुखुराको मासुको भाउ पनि घटेको छ।

अहिले भारतीय बजारमा टमाटरको भाउ कुखुराको मासुभन्दा बढी भएको छ। कुखुराको मासु प्रतिकेजी भारु २००मै कारोबार भइरहेको छ।

दिल्लीमा अहिले टमाटर प्रतिकिलो भारु २५० देखि २६० सम्म खुद्रा कारोबार भइरहेको छ। दिल्लीमा हिमाचल प्रदेश, उत्तराखण्ड, गुजरा र कर्नाटकबाट आपूर्ति हुन्छ।

अहिले हिमाचल प्रदेशमा भारी वर्षाका कारण बाढीपहिरोले सडकहरु अवरुद्ध भएका छन्। गुजरातमा चक्रवातले कहर मच्चाएको थियो। जसका कारण टमाटर खेती सोत्तर भएको छ।

Untitled
Untitled
Untitled