अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
Sanchargram
२०७९ चैत १४ मंगलवार ०८:१२
476
shares
एजेन्सी, अमेरिकाको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तीले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको छ ।
विद्यालय समयमै टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको हो । गोली लागेर ९ वर्षका ३ जना बालबालिका र ६० वर्षमाथिका ३ जनाको ज्यान गएको छ ।
गोली चलाउने २८ वर्षका व्यक्ती पनि प्रहरीको कारबाहीमा मारिएका बीबीसीले जनाएको छ । ११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए ।
गोली चलाउने महिला त्यही विद्यालयकी पूर्व विद्यार्थी रहेकी समेत प्रहरीले जनाएको छ । यो वर्ष मात्रै अमेरिकामा १ सय ९२ वटा गोली काण्ड भएका छन् । अमेरिकाको बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि राष्ट्रपति जो बाइडेनले ।
गत वर्ष एउटा ऐतिहासिक बन्दुक नियन्त्रण कानून पारित गरेका थिए । यसले हतियार खरिदमा कडाइ र राज्यहरूलाई खतरा मानिने मानिसहरूबाट बन्दुक हटाउन प्रोत्साहित गरेको थियो ।
तर अमेरिकी सर्वोच्च अदालतले एउटा निर्णय सुनायो जसले राज्यहरूलाई बन्दुक प्रतिबन्धहरू पारित गर्न गाह्रो बनाएको छ ।
वर्षौंदेखि सांसदहरूले अमेरिकामा बन्दुक हिंसालाई रोक्न प्रयासमा जाँचहरू बढाउने र कडा कानूनहरू पारित गर्ने बताइरहेका छन् । तर सफल भएका छैनन्।