एजेन्सी, युरोपेली संघ (ईयू) ले रुसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्नसक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र संगठनलाई लक्षित गरी रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै ईयूले प्रतिबन्ध लगाएको हो ।
ईयूअन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ, ‘यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ । रुसका केही ठूला बैंकहरूसँगको कारोबार पनि प्रतिबन्धित छ ।’
सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रुसी बैंक र सातवटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको हो ।
ईयूको कार्यकारी शाखाले तीन हप्ताअघि प्रस्ताव गरेको नयाँ उपायहरू धेरै आन्तरिक कलह पछि युक्रेनमा रुसको आक्रमणको एक वर्ष पुगेको एक दिनपछि सार्वजनिक गरिएको छ ।