२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

अमेरिका र क्यानडाको आकासमा तेस्रो पटक अज्ञात वस्तु देखियो, लडाकु विमानले गोली हानेर खसाल्यो

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिका र क्यानडाको आकासमा देखिएका अज्ञात वस्तु सेनाका लडाकु विमानले गोली हानेर खसालेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तर अमेरिकी आकाशमा देखिएको तेस्रो अज्ञात वस्तुलाई गोली हानेर खसालेको पुष्टि गरेका छन्।

पछिल्लो वस्तुले क्यानाडाको हवाई क्षेत्रको उल्लङ्घन गरेकाले उत्तर/पश्चिम क्यानाडाको युकोनमा गोली हानिएको पनि उनले जानकारी दिएका छन् ।

क्यानडा र अमेरिकी विमान दुवैलाई उक्त वस्तुको खोजी गर्न परिचालन गरिएको थियो । ट्रुडोले अमेरिकी एफ(२२ लडाकु विमानले गोली हानेर अज्ञात वस्तु पृथ्वीमा झारिएको बताएका छन् ।

पछिल्लो हप्तामा उत्तरी अमेरिकामा प्रहार गरिएको यो तेस्रो वस्तु हो।

अमेरिकी सेनाले गत साताको अन्त्यमा चिनियाँ बेलुनलाई नष्ट नष्ट गरेको थियो । अमेरिकाले यसलाई जासुसी यन्त्र भनेपनि चीनले भने मौसम सम्बन्धि जानकारी दिने बेलुन भुलवस् अनियन्त्रित हुँदै अमेरिकासम्म पुगेको दाबी गरेको छ ।

गएको शुक्रबार अलास्काबाट एउटा सानो कारको आकारको एउटा वस्तु पनि सेनाको लडाकु विमान खसालिएको थियो ।

क्यानडाका राष्ट्रपनि ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेर अज्ञात वस्तु खसाल्न आदेश दिएका थिए ।

क्यानाडाली सेनाहरूले अब वस्तुको भग्नावशेष खोजेर विश्लेषण गर्ने उल्लेख गरेका छन् । पछिल्लो वस्तु केन्द्रीय युकोनको आकासमा १२ हजार फिट माथी रहेको थियो ।

 

Untitled
Untitled
Untitled