२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

विश्वविख्यात महान फुटबल खेलाडी पेलेको अन्त्येष्टि आज

Untitled
Untitled
Untitled

ब्राजिल । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।

त्यहाँ पेलेलाई हजारौं समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन् । साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको थियो।

अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्याइएको थियो ।

रोयटर्सका अनुसार ३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरूले दुई घन्टाभन्दा बढी समय लाइन बसेर पेलेलाई श्रद्धाञ्जली दिएका थिए।

पेलेले दुई दशकभन्दा बढी समयसम्म सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाको पनि सहभागिता रहने समाचार एजेन्सीहरुले बताएका छन् ।

Untitled
Untitled
Untitled