२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इजरायली आक्रमणमा गाजा सिटीमा एकैदिन ४९ को मृत्यु, ६ हजार विस्थापित

Untitled
Untitled
Untitled

एजेन्सी, इजरायली सेनाले गाजा सिटीमा शनिबार तीव्र आक्रमण गर्दा कम्तीमा ४९ प्यालेस्टानीको ज्यान गएको छ भने ६ हजारभन्दा बढी विस्थापित भएका छन् । आक्रमणमा संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालय(आश्रयस्थलहरू समेत भत्काइएका छन् ।

यसैदिन गाजा पट्टीका विभिन्न भागमा भएका आक्रमणहरूसहित मारिनेको संख्या ६२ पुगेको प्यालेस्टानी अधिकारीहरूले जनाएका छन्

प्यालेस्टानी नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बसालका अनुसार निरन्तर बमबारी र घेराबन्दीका कारण गाजा सिटीका बासिन्दाहरू असाधारण कठिनाइमा छन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, इजरायली सेनाले शहर नियन्त्रणको तयारीमा लगातार आक्रमण गर्दै पर्चा खसालेका छन्, जसमा स्थानीयलाई भाग्न चेतावनी दिइएको छ ।

अलजजिराका पत्रकार हानी महमुदका अनुसार, लडाकु विमानहरूले प्रत्येक १०–१५ मिनेटमा आवासीय भवन र सार्वजनिक संरचनामाथि बम खसालिरहेका छन् ।

‘आक्रमणको ढाँचा हेर्दा इजरायली सेनाले विस्थापित परिवारहरू बढी भएको स्थानहरूलाई नै जानाजानी निशाना बनाइरहेको देखिन्छ’ उनले भने ।

तर, दक्षिणतर्फको अल(मावासी शिविरमा पुग्ने प्रयास गरेका धेरैजना बस्ने ठाउँ र सेवाको अभावमा फेरि गाजा फर्किरहेका छन् ।

अल(शिफा अस्पताल प्रमुख डा। मुहम्मद अबु सल्मियाका अनुसार केवल थोरैले मात्र दक्षिण पुग्न सकेका छन् र त्यहाँ पनि भीडभाडका कारण बस्न गाह्रो भएको छ ।

इजरायली सेनाले सामाजिक सञ्जाल ‘एक्स’मा दुई लाख ५० हजारभन्दा बढीले गाजा सिटी छोडेको दाबी गरेको छ ।

अलजजिराकी पत्रकार हिन्द खोउदारीले दक्षिणतर्फ रिपोर्ट गर्दै अल(मावासीमा निरन्तर नयाँ आगमन भएको बताइन् ।

इजरायल समर्थित राहत वितरण केन्द्रहरू त्यहीँ रहेको भए पनि संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार वितरणस्थल वरिपरि ८५० भन्दा बढी मानिस गोली लागेर मारिएका छन् ।

इजरायली आक्रमणमा खुट्टा गुमाएका विस्थापित फराज आशुरले भने, ‘म छोरालाई खाना खोज्न पठाउँदा उसलाई मर्न पठाएजस्तो हुन्छ ।’

उनले अल(मावासीमा दुई दिन बसे पनि खर्च धेरै, ठाउँको अभाव र सुरक्षित भनिएको क्षेत्रमा समेत बम खसेपछि परिवारसहित गाजा फर्किने तयारी गरेका छन् ।

‘यदि मारिने भए गाजा सिटीमै मर्ने, अल(मावासीमा सबै जोखिम खेपेर होइन’, उनले भने।

संयुक्त राष्ट्रसंघीय राहत एजेन्सी यूएनआरडब्लुएले गाजाको ८६ प्रतिशत क्षेत्र सैन्यीकृत जोन वा विस्थापनको खतरा झेलेको जनाएको छ ।

शनिबारको आक्रमण विशेष गरी गाजा सिटीमै केन्द्रित भयो । शाती शरणार्थी शिविरभित्र विस्थापितहरू बसिरहेका संयुक्त राष्ट्रका तीन विद्यालयमाथि हवाई आक्रमण हुँदा दर्जनौंको मृत्यु भयो ।

‘हामीले सामान बाहिर निकाल्यौं, केही मिनेटमै विद्यालयमाथि बम खस्यो’, फिदा अल(जा’नीनले भने, ‘अहिले म पालमा छु, मेरा छोराछोरीका लागि तकिया, ओछ्यान केही छैन ।’

केही सातादेखि इजरायली सेनाले गाजाका अग्ला भवनहरू क्रमशः भत्काउँदै आएको छ । शनिबार पनि रक्षा मन्त्री इजरायल कात्जले बुरज अल(नुर टावर भत्किएको भिडियो सार्वजनिक गरे ।

अलजजिरा अरबीकाअनुसार, गाजा सिटीको दक्षिणपश्चिममा रहेको सार्वजनिक अभियोजन कार्यालयमाथि पनि तीनपटक हवाई आक्रमण भयो । त्यस्तै, बाहिरको खाना खाने ठाउँमा भएको आत्मघाती ड्रोन आक्रमणमा थुप्रै घाइते भए ।

गाजा सिटीबाहिर, मध्य गाजाको अल(वादी क्षेत्रमा राहत खोजिरहेका सात भोकाएका फिलिस्तिनी मारिए । बुरेज शिविरमा भएको तोप आक्रमणमा एक जनाको मृत्यु भयो ।

मध्य गाजाको पलस्ताइन स्टेडियममा विस्थापितहरूको पालमाथि आक्रमण हुँदा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

खान युनिसको अल(अमल क्षेत्रमा तीन फिलिस्तिनी मारिए भने त्यहीँ विस्थापितहरूको पालमाथि ड्रोन आक्रमण हुँदा पाँच जना घाइते भए ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको भोकमरीका कारण मृत्यु भएको छ ।

युद्ध शुरू भएयता भोकमरीकै कारण १४५ बालबालिकासहित ४२० जनाको ज्यान गइसकेको छ ।

Untitled
Untitled
Untitled