२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विश्वकप खेल्ने नेपाली महिला टोली आज मलेसिया जाँदै

Untitled
Untitled
Untitled

काठमाडौं । आईसीसी यु–१९ महिला टी-२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदै छ। मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ।

महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन्। विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदै छ। क्यानका अनुसार १६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डको टिम रहेका छन्।

नेपालका लागि बङ्गलादेशबाहेक अन्य भने नयाँ प्रतिद्वन्द्वी टोली हुन्।  नेपालले माघ ५ बाट बङ्गलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ। यसै गरी नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्ने तालिका तय भइसकेको छ ।

नेपाली टोलीः पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुवँर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत

Untitled
Untitled
Untitled