२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

किलिमन्जारो दोस्रो अङ्क लोकार्पण

Untitled
Untitled
Untitled

काठमाडाैंः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका महादेशीय च्याप्टरको साहित्यिक सङ्गालो “किलिमन्जारो” अङ्क-२ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको सभा कक्षमा “किलिमन्जारो” अङ्क-२ को लोकार्पण भएको हो । प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई लगायतले “किलिमन्जारो” को लोकार्पण गरेका हुन् । “किलिमन्जारो” को सम्पादन गणेश खड्काले गरेका हुन् । खड्का अनेसास केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

लोकार्पण समारोहको अध्यक्षता अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के सी ले गर्नु भएको थियो । प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कूलपति भूपाल राई, अतिथिहरूमा साहित्यकार समालोचक डा.गोबिन्दराज भट्टराई, पूर्व प्राज्ञ तथा कवि श्रवण मुकारूङ, अनेसास केन्द्रीय सल्लाहकार हिक्मत थापा, अनेसास केन्द्रीय सल्लाहकार लीला लुइटेल, अनेसास केन्द्रीय उपाध्यक्ष सरिता अर्याल, अनेसास केन्द्रीय सदस्य सुमन वर्षा, अनेसास निवर्तमान केन्द्रीय उपाध्यक्ष डा. रेणुका साेलु, अनेसास पोर्चुगल च्याप्टर महासचिव एन बी अन्जान, संगीतकार महेश खड्का लगायत श्रष्टा, सर्जक तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रम अनेसास अफ्रिका महादेशीय च्याप्टरको आयोजना र अनेसास नेपाल च्याप्टरको सह-आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन अनेसास नेपाल च्याप्टर कोषाध्यक्ष कमला रिसालले गर्नुभएको थियो ।

Untitled
Untitled
Untitled