काठमाडौं, स्वतन्त्र युवाहरु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को समर्थनमा उत्रीएका छन् ।
उनीहरुले बिहिबार साँझ माइतीघरमा ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गर्दै प्रदर्शन गरेका हुन् ।
उक्त अवसरमा प्रदर्शनकारीले सरकारसँग ग्रेटर नेपालको नक्सा संसद भवनमा राख्नु पर्ने माग समेत गरेका छन् ।
शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको फोटो बाहिरिएसँगै उनको पक्षमा युवाहरुले प्रदर्शन गरेका हुन् ।


































