२०८१ कात्तिक १९ सोमवार | Monday, Nov 04 2024

पार्टीको निर्णायक बैठकअघि लामिछाने बालुवाटार र बालकोटमा

Untitled
Untitled
Untitled

काठमाडौँ, पार्टीको बैठक अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

बिहान साढे ११ बजे पछि पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने कार्य तालिका छ ।

सभापति लामिछाने सुरुमा ओलीलाई भेटेर त्यसपछि प्रधानमन्त्री दाहाललाई भेट्न बालुुवाटार पुगे थिए । ‘

आज बिहान प्रधानमन्त्रीज्यू र रविजीबीच भेटघाट भयो । उहाँहरुबीच के के कुरा भयो थाहा भएन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ।

प्रधानमन्त्री दाहाललाई भेट्न जानुअघि उनले एमालेका अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताए ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताले बताए ।

तर, एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी रामशरण बजाइले रास्वपाका सभापति लामिछाने र ओलीबिच भेट नभएको जिकिर गरे ।

‘अध्यक्षज्यू र रविबीच भेटघाट भएको छैन । भेट्ने कार्यतालिका पनि छैन,’ बजगाईँले भने गरे ।

सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री दाहाललाई दबाब बढाएका छन् ।

यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उनको छ । तर, उनको पासपोर्टको मुद्दा किनारा नलाग्दासम्म मन्त्री बनाउन नसक्ने प्रधानमन्त्री दाहालले अडान लिएका छन् ।

पछिल्लो समय पार्टीका नेताहरुले पनि रविलाई मन्त्री नबनाउन प्रधानमन्त्री दाहालमाथि दबाब बढाउँदै आएका छन् ।

सभापति लामिछाने नेतृत्वको पार्टीका अरू सांसदलाई गृहबाहेक मन्त्रालय दिन सकिने निष्कर्षमा प्रधानमन्त्री दाहाल पुगेका छन् ।

गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने लामिछानेले चेतावनी दिइरहेका छन् ।

गतबिहीबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले केही दिन फर्किन आग्रह गरेपछि रोकिएका थिए ।

लगत्तै बैठक बसेर लामिछानेले शुक्रवार र शनिवार २ दिनको अल्टिमेटम दिएका थिए । सो अल्टिमेटम शनिवार सकिए पनि रास्वपा निष्कर्षविहीन छ ।

Untitled
Untitled
Untitled