२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

तमू तोला लोसार अमेरिकामा भब्य सम्पन्न

Untitled
Untitled
Untitled

ओहायो संवाददाता : अमेरिकामा गुरुङ जातिको कला, संस्कार, संस्कृति तथा बौद्ध धर्मको संरक्षण, सम्बर्द्धन साथै प्रबर्द्धन गर्दै साथै विविध सांस्कृतिक कार्यक्रम सहित लोसार भब्य मनाइएको छ ।

अमेरिकाको ओहायोमा Grand Tamu Tola Lhosar भब्य सम्पन्न भएको हो । शुक्रबारबाट शुरू भएकाे लाेसार कार्यक्रम आइतबार सम्म  विभिन्न कार्यक्रम सहित कोलम्बस ओहायोमा सम्पन्न भएको हो । United Gurung Buddhist Organization Of America को आयोजना तथा Buddhist Gurung Community of Columbus Ohio को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बौद्ध गुरु एच इ टुल्कु दावा ग्याल्पो रिन्पेछे रहनु भएको थियो । न्यु ह्याम्सारका संसद माननिय सरोज बुडाथोकी, गायक रोशन गुरुङ साथै अमेरिकामा रहेका सम्पूर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू अतिथि रहनु भएको थियो ।

गुरुङ जातिको कला, संस्कार, संस्कृति तथा बौद्ध धर्मको संरक्षण, सम्बर्द्धन साथै प्रबर्द्धन गर्दै आइरहेको UGBOA ले यस बर्ष पनि २६०८ औं तमु तोला लोसार मनाएको हो । तिन दिन चलेको कार्यक्रममा बौद्ध गुरु एच इ टुल्कु दावा ग्याल्पो रिन्पेछेबाट विश्व शान्ती पुजा तथा प्रवचन साथै सुप्रसिद्द गायक रोशन गुरुङले आफ्नो प्रस्तुतिबाट सबैलाई मन्त्रमुग्द बनाउदै नचाएका थिए ।

अन्य स्थानीय, गुरुङ समुदाय, कलाकारहरुबाट गुरुङ मौलिक संस्कार संस्कृति झल्कने लोक सांस्कृतिक पहिरन भेषभुषा लगाएर तथा प्रर्दशन गरेर साथै नृत्य प्रस्तुत गरेर लोसारलाई भब्य बनाएका थिए ।

Untitled
Untitled
Untitled