२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जैन भजन साँझ सम्पन्न

Untitled
Untitled
Untitled

काठमाडाैं ।  श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर कमिटी र सामूहिक जिनेन्द्र आराधना संस्था शाखा नेपालको संयुक्त आयोजनामा राजधानीमा जैन भजन साँझ सम्पन्न भएको छ।

आचार्य श्री महाश्रमणजी शिष्य रमेश कुमारजी र मुनि श्री रत्न कुमारजीको सहभागितमा जैन भजन साँझ सम्पन्न भएको हो। साँझमा राजस्थानका लोकप्रिय गायक, सारेगामा जीटीभी फेम महेन्द्र कपूर भ्वाइस अफ राजस्थान, सञ्जय रायजादाले जैन भजनका साथमा सुमधुर गीत प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाए। कार्यक्रमको आरम्भ जैन महिला मण्डलका महिलाले मंगलाचरणबाट गरेका थिए।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुभाष जैन सेठीले स्वागत मन्तव्य राख्दै गायक रायजादाको जीवनबारे प्रकाश पारेका थिए। कार्यक्रममा मुनि श्री रमेश कुमारजीले संगीतले जीवनमा ठूलो आनन्दको अनुभूति गराउने तथा संगीतका लहरले सबैलाई आकर्षित गर्ने चर्चा गरे।

तेरापन्थ महिला मण्डलकी महासचिव सुनीता सेठियाद्वारा सञ्चालित कार्यक्रममा मन्दिर कमिटीका महासचिव राजेश कुमार जैनले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम मुनि श्री रमेश कुमारजीले मंगल पाठ सुनाएर समापन गरिएको थियो।

Untitled
Untitled
Untitled