२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बिग बोस १९ को उपाधि गौरव खन्नाले जिते, फरहाना भट्ट उपविजेता

Untitled
Untitled
Untitled

एजेन्सी, भारतीय रियालिटी शो बिग बोस १९ को उपाधि गौरव खन्नाले जितेका छन्। मुम्बईमा आइतबार भएको ग्रान्ड फिनालेमा फरहाना भट्ट उपविजेता बनिन्।

प्रतियोगितामा अमाल मलिक पाँचौँ, तान्या मित्तल चौथो र प्रणीत मोरे तेस्रो स्थानमा रहे। विजेता बनेका गौरव खन्ना चर्चित टिभी अभिनेता हुन्।

उनी ुसीआईडीु र ुअनुपमाु जस्ता लोकप्रिय टिभी शोहरूमा देखिइसकेका छन्। शो जितेबापत गौरवलाई बिग बोसको ट्रफीसँगै ५० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त भएको छ।

ग्रान्ड फिनालेमा बलिउडका चर्चित हस्तीहरू कार्तिक आर्यन, अनन्या पाण्डे, अरमान मलिक र करण कुन्द्रा लगायत धेरै कलाकारहरूको उपस्थिति रहेको थियो।

भोजपुरी सुपरस्टार पवन सिंह पनि फिनालेमा सहभागी भए। उनलाई लरेन्स ग्याङले शोमा सहभागी नहुन धम्की दिएको भएपनि उनी कार्यक्रममा पुगेका थिए।

यस सिजनकोशुरुवात अगस्ट २४ मा भएको थियो र कुल १८ प्रतिस्पर्धीहरू सहभागी भएका थिए।

फिनालेको क्रममा शोका होस्ट सलमान खान अभिनेता धर्मेन्द्रलाई सम्झँदै भावुक भएका थिए।

Untitled
Untitled
Untitled