काठमाडौं, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुबइमा आयोजना भइरहेको फिल्म महोत्सवमा सरकारी खर्चमा आफ्नी प्रेमिकादेखि पत्रकारकी श्रीमतीसम्म पठाएका छन्।
बजेट कम भएकाले धेरै कलाकारलाई समेट्न नसकेको तर्क गर्दैआएका केसीले पदीय दुरुपयोग गर्दै आफू निकटकलाई मात्र समेटेका छन्।
केही दिनअघि दुबई उड्नु अगाडि पत्रकारसँग विमानस्थलमा कुरा गर्दै उनले बजेट कम भएकै कारण यसपटक धेरै कलाकार र पत्रकारलाई समेट्न नसकेको तर्क गरेका थिए।
तर, भुवन केसीले ३० लाखको बजेटमा आयोजना गरेको फिल्म महोत्सवमा आफ्नी प्रेमिका जीया केसी, संचारकर्मी प्रकाश सुवेदीकी श्रीमती पनि अटाएका छन्।
बोर्डकै सदस्यका श्रीमती पनि छन्। अरू पत्रकारका श्रीमतीसम्म दुबई पुगेका छन्। भुवनका छोरा अनमोल केसी पनि कार्यक्रममा सहभागी छन्।
बोर्डले आयोजना गरेको भनिएतापनि सूर्य कर्पोरेसन हाबी भएको महोत्सवमा बोर्ड सदस्य अर्जुन कुमारकी श्रीमतीलगायत बोर्डको खर्चमा दुबई पुगेका छन्।
बोर्डले ३० लाख खर्च गरेर दुबईमा गरेको महोत्सवको प्रभाव न नेपालमा पर्ने देखिन्छ, न दुबइमा नै भन्दै आलोचना भइरहेको छ।