२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

प्रियंका कार्की कि सासूआमा रविना देशराजले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

Nabil Bank

काठमाडौ, रविना देशराजले प्रेमी “स्टुअर्ट” सँग इन्गेजमेन्ट गरेकी छिन् । भ्यालेन्टाइन्स डेको मौकामा रविनाका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले उनलाई प्रस्ताव राखे र उनले यसमा सहमति जनाइन् ।रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् ।

उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’नयाँ सुरुवात भन्दै अभिनेत्री प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् ।

रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् ।

उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् ।रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् ।

रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् ।

इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ । सार्वजनिक फोटोमा रविनाका छोरा–बुहारीले समेत बधाई दिएका छन् ।

मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजिनामा दिएर मुम्बई गएकी थिइन् । औँठी लगाएको फोटो इन्स्ट्राग्राममा राख्दै उनले इन्गेन्जमेन्ट गरेको सार्बजनिक गरेकी हुन् ।