काठमाडौ, वुवाकेयर प्रा.लि ले महर्षि दिपक प्रतिष्ठान र काठमाण्डौ महानगरपालिकाको सहकार्यमा श्रावण महिनाको हरेक सोमबार विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म श्री पशुपतिनाथ मन्दिरमा वृहत स्वास्थ्य शिविर गर्ने भएको छ ।
विशेषज्ञ डाक्टर सहित सम्पूर्ण रोगहरुको पहिचानको लागि नेपाल ल्याव हाउसको प्रत्यक्ष सहयोगमा उक्त स्वास्थ्य शिविर गर्न लागिएको हो ।
वुवा केयर प्रा.लि.ले विशेष गरी वुवा तथा आमाहरु लगायत आफ्ना सदस्यहरुको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
साथै समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाँउहरुमा नि: शुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।
प्रालिले सबै जेस्ठ नागरिकलाई स्वास्थ लाभ लिन आग्रह पनि गरेको छ ।


































