२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बाढीले पुल बगाएको २९ दिनमै हेवाखोलामा बेलिब्रिज सञ्चालन

Untitled
Untitled
Untitled

फिदिम, मेची राजमार्गको फिदिम/ताप्लेजुङ सडकखण्डअन्तर्गत हेवा खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ।

बाढीले पुल बगाएको २९ दिनपछि आइतबार बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो।

असार २ गते मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि असार ६ गते बेलिब्रिज निर्माण कार्य सुरु भएको थियो।

आइतबार अपरान्ह साढे ४ बजेदेखि बेलिब्रिज संचालनमा आएको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदूर पोख्रेलले जानकारी दिए ।

यो पुल निमार्णका लागि बाढी आए लगत्तै संघीय सरकार अन्तर्गतको भौतिक तथा यातायत मन्त्रालयले सडक डिभिजन इलामलाई जिम्मेवारी दिएको थियो।

सातदिन भित्रै निमार्ण सक्ने भनिए पनि निर्माणमा केही ढिलाइ भएको हो। बेलिब्रिजको लम्बाई ४८ मिटर रहेको छ। आइतबार सञ्चालनमा आएको बेलिब्रिजको लागत भने सार्वजनिक गरिएको छैन।

बेलिब्रिजमा तत्कालका लागि साना सवारी साधनमात्र आवागमनको अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले जानकारी दिए ।

पुल संचालनमा आएसँगै मेची राजमार्ग प्रयोगकर्ताले राहत महसुस गरेका छन्। हेवा खोलाको पुल बाढीले बगाएपछि पाँचथरका केही गाउँपालिकासँगै सिंगो ताप्लेजुङ जिल्ला सडक सञ्जालबाट अलग भएका थिए।

Untitled
Untitled
Untitled