२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

पहिचानको आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप

Untitled
Untitled
Untitled

विराटनगर, पहिचान पक्षधरको निरन्तर आन्दोलनका कारण विराटनगर तनावग्रस्त बनेको छ।

कोशी प्रदेशको राजधानी सहर विराटनगरको रोडशेषचौकनजिक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि ढुंगामुढा गरीरहेका छन्।

प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका छन्।

आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन्। प्रहरीले आन्दोलनकारीमाथि ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। त्यसैगरी पानीको फोहोरा पनि हानिएको छ।

कोशी प्रदेश खारेजीको माग राख्दै पहिचान पक्षधरले मंगलबार विराटनगरमा जनप्रदर्शन गरेको हो।

Untitled
Untitled
Untitled