२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

निर्वाचन आयोगको निर्णयविरुद्ध मेयर बालेन शाहद्वारा सर्वोच्चमा रिट दायर

Untitled
Untitled
Untitled

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

तोकिएको समयभित्र निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको थियो । सोही निर्णयविरुद्ध शाहले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका हुन् । सर्वोच्चले पुस २० गतेका लागि पेसी तोकेको छ ।

मेयर शाहले खर्च विरण कानुनबमोजिमनै बुझाएको बताएका छन्। “मैले खर्च विरण कानुनद्वारा तोकिएको अवधिभित्रै पेस गरिसकेको तथ्यलाई आयोगले भने अनदेखा गरेको छ, “रिटमा उल्लेख छ।

आयोगले निर्धारित समयभित्र विरण बुझाउन नसकेको भन्दै शाहलाई सात लाख ५० हजार रुयियाँ जरिवाना तोकेको थियो।

Untitled
Untitled
Untitled