२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाडौ, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल र निर्णय गर्नेछ ।

जसपाबाट अहिले सरकारमा एकजना मात्र सहभागी छन् । जसपाले आफ्नो भागमा परेको दुई मन्त्रालयमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएको छ ।

बाँकी रहेको अर्को मन्त्रालयमा कसलाई पठाउनेभन्ने विषयमा उसले टुंगो लगाउन बाँकी छ ।

गत १० वैशाखमा सम्पन्न उपनिर्वाचनबाट पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएकाले पनि जसपाले मन्त्रीको टुंगो लगाउन बाँकी रहेको हो ।

जसपाको भागमा परेको बाँकी रहेको मन्त्रालयको जिम्मेवारी उपेन्द्रले लिने चर्चा पनि छ । उपप्रधानसहित मन्त्रालयको जिम्मेवारी पाए उनी सरकारमा जाने सम्भावना रहेको बताइएको छ ।

जसपाले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका पनि प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहका पदाधिकारीदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरी प्रकाशन गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिनेछ ।

Untitled
Untitled
Untitled