काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री भएको भोलिपल्टबाट इमान छोडेको आरोप लगाएका छन् ।
सोमबार संसद भवन ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् । अध्यक्ष ओलीले दाहाल प्रधानमन्त्री भएपछि दक्षिणपन्थतिर लागेको बताए ।
‘हाम्रो प्रयासमा वामपन्थीसहितको सरकार बनाउन चाह्यौं । हामीले सरकार बनायौं । प्रधानमन्त्री हुनुथियो प्रधानमन्त्री भएको भोलिपल्टबाट उहाँले इमान छोड्नुभयो ।
बेइमानी सुरु गर्नुभयो’ ओलीले भने, उहाँ इमानमा रहन सक्नुभएन भनौं । उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो ।’ दाहाल प्रधानमन्त्री भएपछि राष्ट्रियता कमजोर भएको ओलीले बताए ।
प्रचण्ड पार्टीभित्र जंगबहादुर भएको समेत ओलीले आरोप लगाए । ‘पार्टीका अरु नेताहरु अलमलमा वा दबाबमा हुुनुहुन्छ । भन्न हुँदैन । प्रधानमन्त्रीजीमा जंगबहादुर शैली छ ।
उहाँले जे बोल्यो त्यहीँ हुन्छ । उहाँले अरुलाई बोल्न दिनुहुन्न । विपक्षमा बोल्यो भने पत्तासाप हुन्छ । अरुसँग मिलेको आरोप लाग्छ’ ओलीले भने, उहाँले एकता हुन दिनुहुन्न ।
एकता जफ्ती भयो भने तोड्ने उद्योगमा लाग्नुहुन्छ । तोडेर छाड्नुहुन्छ त्यो विगतमा देखिएको छ ।’ २०७४ सालको चुनावमा तालमेल गरेर एकता गरेपनि प्रचण्डले एकता तोडेको ओलीले बताए ।
त्यतिबेला वामपन्थीको सरकार बनाए पनि तत्काल ढालेर दक्षिणपन्थीहरुको सरकार बनाएको उनको आरोप थियो ।