२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

कांग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्दै

Untitled
Untitled
Untitled

काठमाडौँ, नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ ।

यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १० : ३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

रासस

Untitled
Untitled
Untitled