२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते सोमबार विश्वासको मत लिने तयारी गरेका छन्। स्रोतका अनुसार विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।

प्रधानमन्त्री दाहालले ६ गते आफ्ना सांसदहरूलाई काठमाडौं नछाड्न भनेका छन्। यद्यपि, संसद् सचिवालयले भने यस विषयमा केही सार्वजनिक गरेको छ्न्।

तर, माओवादी अध्यक्षसमेत रहेका दाहालले पार्टीका सांसद र मन्त्रीलाई चैत ६ गते कुनै कार्यक्रम नराख्न र बाहिर नजान भनेको बुझिएको छ। यसबारे प्रचण्डको सचिवालयले भने जानकारी नभएको बताएको छ ।

‘उपराष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने कुरा भएको हो । तर, ६ गते नै भन्ने बारेमा जानकारी आएको छैन’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। हाल प्रधानमन्त्री दाहाललाई १० दलको समर्थन रहेको छ।

Untitled
Untitled
Untitled