२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

सिंहदरबारमा आठदलीय गठबन्धनको बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाडौं, सत्ता घटकका आठ दलको बैठक बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजेपछि बोलाइएको छ । ‘पर्सि हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो’ आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खानले भने, ‘राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं ।’

राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ । आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

Untitled
Untitled
Untitled