२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

राष्ट्रपतिबारे एकदुई दिनमा निष्कर्ष आउँछ : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० मा बनेको सत्ता गठबन्धनमै रहेर आफूहरु अघि बढिरहेको बताएका छन्।

शुक्रबार सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बालकोटमा भएको अढाई घण्टा लामो वार्तापछि उनले यस्तो बताएका हुन्।

उक्त छलफलपछि बाहिरिने क्रममा छोटो प्रतिक्रिया दिएका उनले एमाले अध्यक्ष ओली र आफू एकै ठाउँमा रहेको उनले बताए।

भेटपछि उनलाई आजको बैठकमा के सहमति भयोरु भनेर सोधिएको थियो। त्यसको जवाफ दिँदै उनले भने, हामी एकै ठाउँमा छौँ नि ! के सहमति भयो भनेर सोधिरहनै परेन। एकै ठाउँमा भएपछि निष्कर्ष के चाहिन्छ र ?

उनले नयाँ राष्ट्रपतिबारे कुरो मिल्ने बताए। ुराष्ट्रपतिबारेमा एक दुई दिनमै कुरो मिलिहाल्छु, उनले भने, हामी सत्ता गठबन्धनमै रहेकाले अरु कुरा भनिरहनै परेन।

स्रोतका अनुसार आजको छलफल यही गठबन्धनलाई कसरी टिकाउने र अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा ओलीले राष्ट्रपतिको विषयमा पुस १० गतेकै सहमतिअनुसार अघि बढ्नुपर्ने बताएका थिए। तर प्रचण्डले यसबारे निष्कर्षमा पुग्न अझै केही दिन मागेको बताइएको छ।

बैठकमा सहमतिको मध्यबिन्दुको खोजी पनि भएकव बताइएको छ। राष्ट्रपतिबारे टुंगोमा पुगिसकेको छैनु, स्रोतले भन्यो, मध्यबिन्दु के हुन सक्छ भन्नेमा कुरा भएको छ। कम्युनिष्टबाटै राष्ट्रपतिमा लैजाने गरी छलफल भएको छ।

तर ओलीनिकट स्रोतका अनुसार दाहालले राष्ट्रपतिलाई लिएर कांग्रेससँग पनि समानान्तर सम्वाद गरेको विषय पनि बैठकमा उठेको थियो।

दाहालले बैठकमा राष्ट्रिय सहमतिको विषय उठाएर राष्ट्रपतिमा कांग्रेसलाई सघाउन खोजेको कुराले एमाले अध्यक्ष ओली सशंकित भएका छन्।

दाहालले दुईतिर खुट्टा लैजानु भएको छु, ओलीनिकट एक नेताले भने, पूर्वसहमति अनुसार अघि बढौँ भन्ने हो। तर, उहाँले कांग्रेससँग पनि संवाद गरिरहेकाले कुनै निष्कर्ष निस्किन सम्भव भएन।

Untitled
Untitled
Untitled