काठमाण्डू, साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज सेयर बजार परिसूचक २७ दशमलव ३२ अंकले घटेर २५३६ दशमलव ११ को विन्दूमा पुगेको छ ।
आज ३११ कम्पनीका १ लाख ८८ हजार ८ सय ८५ पटकको कारोबारमा ४० करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको छ । १३ उपसमूहमध्ये होटल, पर्यटन र फाइनान्स कम्पनी बढ्दा ११ वटा घटेका छन् ।
४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ । त्यस्तै, २ वटा स्थिर रहेको छ ।
बुधबार दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।